कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान) मा मानन्धर ट्रेड कन्सर्न दोलखाकी सञ्चालक सरुना श्रेष्ठ (मानन्धर) सचिवमा निर्वाचित हुनुभएको छ । महासंघको १५ औँ महाधिवेशनले सरुना श्रेष्ठ सचिवमा निर्वाचित हुनुभएको हो । श्रेष्ठ दोलखामा सिटिइभिटीबाट मान्यता प्राप्त पहिलो कम्प्यूटर तालिम इन्ष्टिच्यूटका सञ्चालक हुन् । साथै दोलखामा क्यान महासंघ स्थापना र नयाँ प्रविधि भित्राउनेमा श्रेष्ठको महत्वपूर्ण भूमिका मानिन्छ ।
त्यस्तै अध्यक्षमा सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । महासंघको कार्यसमितिको उपाध्यक्षमा क्रमश हर्क बहादुर सेटी, चिरञ्जीवी अधिकारी, नविन जोशी, शेखरनाथ दुलाल, सुभाष खड्का र सिर्जना श्रेष्ठ निर्वाचित हुनुभएको छ । महासचिवमा चन्द्र विलास भुर्तेल र कोषाध्यक्षमा विक्रम सिंह निर्वाचित भएका छन् ।
सचिवहरूमा सरिता न्यौपाने, अग्मा मालाकार, दीपक साह, सरुना श्रेष्ठ, मनिराज पाण्डे, राम किशोर रावल र कर्णराज पनेरुलाई चयन गरिएको हो । त्यस्तै, कार्यकारिणी सदस्यहरूमा उमेश रघुबंशी, ध्रुवराज शर्मा, केशव प्रसाद भट्टराई, नारायण प्रसाद श्रेष्ठ, ठाकुर कुमार श्रेष्ठ, हेमपाल श्रेष्ठ, शिला कंसाकार कार्की, दिपेन्द्र पौडेल, राजु कट्टेल, चिन्तामणि बास्तोला, ओमकार बस्नेत, दिनेशराज कार्की, बन्दना शर्मा ज्ञवाली, देवेश प्रसाद लोहनी, सन्तोष कुमार श्रेष्ठ, राजु बानियाँ, मोना न्याछ्यो श्रेष्ठ, राजेश दुगड, गंगा भण्डारी,विकास गुरुङ, विमला राई, धनञ्जय महतो र खड्क बहादुर गुरुङ निर्वाचित भएका हुन् ।
सन् १९९२ मा स्थापना भएको क्यान महासंघले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा अग्रणी भूमिका खेल्दै आएको छ । सन् २०१५ मा महासंघमा रूपान्तरण भएपछि यस संगठनले सबै प्रदेश र ७४ जिल्लामा शाखा विस्तार गरिसकेको छ । त्यस्तै असोसियो, विट्सा जस्ता अन्तर्राष्ट्रिय आईसीटी संस्थामा समेत क्यान आवद्ध छ । क्यानले हरेक वर्ष आयोजना गर्ने ‘क्यान इन्फोटेक’ नेपालकै ठूलो प्रविधि प्रदर्शनी हो ।