२३ भदौ सिन्धुली
कमलामाई नगरपालिका २ कुसुमटारका किसान प्रसान्त थिङ ले आफ्नो २ बिघाहा जति धानखेतीमा बेरुवा र गबारा फैलिएको सुनाउदै भन्नु हुन्छ “वर्ष भरि खाने वाली यसरी पँहेलो भएको छ” पसाउन लागेको धानको गुवानै मर्ने थालेपछि उनको रातको निन्द्रा समेत हाराउन लाग्यको गुनारो गर्नु हुन्छ । कमलामाई नगरपालिका ११ धावखर्कको विमल श्रेष्ठ पनि आफ्नो खेत देखाउदै भन्नु हुन्छ “एक विग्गा जति जमिनको धानमा सबै टुप्पो मर्ने थालेको छ ।” उनी भन्छन् “खेती लगाउन गरेकोे लगानी समेत नउठला भन्ने चिन्ता लाग्ने गरेको सुनाए । ” जिल्लाको विभिन्न क्षेत्रमा लगाइएको धानबालीमा गबारो, बेरुवा र सेते जस्ता रोग देखापर्न थालेको देखा पर्ने थालेको कृषी ज्ञान केन्द्र सिन्धुलीका श्रीकृष्ण अधिकारीले बताए । उनको अनुसार जिल्लाको कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तिनपाट गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र घ्याङलेख गाउँपालिकामा रोग देखा परेको छ । गावरा लाग्दा धानको टुप्पामा गाई गोरुले खाएको जस्तो ठुटो पारेर काट्ने गरेको उनले बताए ।
यस्तै नगरपालिकाको ११ र १२ को धानवालीमा गबरा किराले धान मर्ने थालेको कमलामाई नगरपालिका ११ र १२ को कृषी प्राविधिक लिला नाथ देवकोटाले जानकारी दिए । किराले खाएको ठाउँमा कारटाप हाइड्रोक्लोराइड नामक विषाद प्रयोग गरिएको देवाकोटाले बताए । यस्तै कमलामाई नगरपालिकाले कृषकको सहजताका लागि १४ वटै वडामा २ बडाको १ जनाको दरले कृषि प्राबिधिक बडा वडामा पठाइएको छ ।
प्रकाशित मिति:
मंगलबार, भदौ २३, २०७७, १६:३०:००