नेपाली समुदायको अर्को चाड तिहारको आज भाईटिका, दाजु भाई र दिदि बहिनी बिचको नातालाई अझै प्रगाढ बनाउने तिहारलाई झिलीमिली बत्ति फुल रंगहरुको पर्वको रुपमा पनि लिने गरिन्छ । सेलरोटी तिहारको विशेष परिकार हो । आजै भाईटिका लगाउँदै दाजु भाईलाई सेलरोटी खुवाउने र आफ्नो हैषियत अनुसारका उपहारहरु साटासाट गर्ने पर्वको रुपमा पनि तिहार परिचित छ । तिहारले चेली र माईतीको सम्बन्धलाई पनि विशेष रुपमा जोड्ने का मगर्दछ ।
रमाइला कथा साथमा नृत्य सहितको देउसी र भौलोले तिहारमा अर्को माहोल बनाएर रौनक थप गर्छन् । घर घर पुगेर नाच्दै गाउँदै खेलिने देउसी र भौलौ हाम्रा मौलिक संस्कृति हुन् । यस्ता हाम्रा चाचिन संस्कृति जोगाउने देउसी भौलोलाई जोगाउँनु आजको हाम्रो कर्तव्य पनि हो ।
यद्यपी यसपालीको तिहार होस् या भाईटिका सचेत र सहज भएर मनाउनुको बिकल्प छैन् । कोभिड १९ अर्थात कोरोना महामारीका कारण यसपालीको तिहार जो जहाँ छ, त्यही बसेर मनाउनुको विकल्प छैन । चेलीबेटी माईत जान पाएका छैनन् भने विदेश र स्वदेशमा रहेका दाजुभाई दिदि बहिनी घर फर्कन पाएका छैनन् । यसले पनि यसपालीका तिहारलाई खल्लो बनाएको छ । रोग र महामारीसँग जुधेर तिहार मनाउनु अहिलेको समयमा बुद्धिमानी हुने छ । ई दैनिक खबरको तर्फबाट तिहार र भाई टिकाको सबैलाई शुभ कामना ।
प्रकाशित मिति:
सोमबार, मंसिर १, २०७७, १०:१७:००