चरिकोट १, मंसिर
आगलागी पिडित राष्ट्रिय युवा रेफ्रि हरिष कार्कीलाई दोलखा जिल्ला फुटबल संघले नगद सहयोग गरेको छ । संघको पहलमा सहयोग स्वरुप ६७ हजार ७ सय रुपैयाँ रेफ्रि कार्कीलाई पठाइएको हो । कार्कीका लागी जापानमा रहनुभएका दोलखाली फुटबल खेलप्रेमीबाट ४० हजार ७ सय रुपैयाँ प्राप्त भएको थियो भने दोलखा जिल्ला फुटबल संघ र भिम रायमाझीले १०-१० हजार गरि कुल २० हजार सहयोग प्रदान गरेको थियो ।
त्यसैगरि रिनेजम नेपालबाट ५ हजार, हाल अमेरिकामा रहनुभएका दोलखाली फुटबल खेलाडी राजीव श्रेष्ठबाट ५ हजार, दोलखा रेफ्रि समूह र दोलखा ब्याडमिण्टन संघबाट २-२ हजार गरि ४ हजार, निम्फा र दोलखा युनाइटेडबाट १५-१५ सय गरि कुल ३ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो । संकलित रकम बैंक मार्फत पठाइने दोलखा खेलाडी भलाइ कोषका संयोजक भरत प्रधानले जानकारी दिनुभयो ।
दोलखा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठले फुटबल खेलको विकासमा लागेका कार्कीलाई सहयोग गर्ने व्यक्तिलाई धन्यवाद दिनुभएको छ ।
सहयोग हस्ताण्तरण कार्यक्रममा जिलला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटी, भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहित चन्द्र खड्काले मन्तव्य व्यक्त गर्नुहुदै फुटबल संघलाई धन्यवाद दिनुभएको थियो ।
नेपाली फुटबलको राष्ट्रिय युवा रेफ्रि हरिष कार्कीको घरमा ग्यासँको सिलिण्डर पड्किदा उपचारका क्रममा उहाँको आमाको मृत्यु भएको थियो भने भाई र बहिनि हाल उपचाररत हुनुहुन्छ ।
प्रकाशित मिति:
सोमबार, मंसिर १, २०७७, १०:२७:००