हरेक बर्ष माघ २ गते लाई भूकम्प स्मृति दिवसको रुपमा मनाईन गरिन्छ । नेपालमा वि.स. १९९० मा गएको बिनासकारी भूकम्पको स्मृतिमा यो दिवस मनाईने गरिन्छ । हुन हामीले वि.सं. २०७२ को भूकम्पको पिडा भुल्न सकेका अवस्था छैन । २०७२ सालको विनासकारी भूकम्पले गरेको क्षतिका पुर्ननिर्माण कार्य अझै सकिएको छैन् । निजी आवास निर्माणको कार्य लगभग सकिए पनि अन्य सरकारी तथा सार्वजनिक संरचनाहरुको पुर्ननिर्माण अझै बाँकी छ ।
कुरो भूइचालोको मात्र होइन, हाम्रो देशमा हरेक बर्षायाय लागे पछि पहाडमा बाढी पहिरोको त्रास बढ्छ भने तराईमा डुबानको, त्यसो त हाम्रो शहरी क्षेत्र आगलागीबाट जहिले पनि उच्च जोखिममा छ दै छ । कोरोना भाईरसका जस्ता महामारीको जोखिम पनि हामी अहिले भोगिरहेकै छौं । ग्रामीण क्षेत्रका अव्यवस्थित वसोवासका कारण आगलागीको पनि उच्च जाखिम रहेकै छ ।
विपद् जोखिम व्यवस्थापनको र न्यूनिकरणको जिम्वेवारी स्थानीय तहले पाएको छ । तर हाम्रा स्थानीय सरकारको ध्यान भने विपद् व्यवस्थापन तर्फ केन्द्रित हुन भने सकेको छैन् । हाम्रा स्थानीय पालिकाहरुले विपद् जोखिम व्यवस्थापन ऐन जारी गरी सो को कार्यन्वयनका लागि अझै पनि ध्यान दिन सकिरहेको अवस्था छैन् ।
विपद् जोखिम व्यवस्थापनको र न्यूनिकरणको जिम्वेवारी स्थानीय तहले पाएको छ । तर हाम्रा स्थानीय सरकारको ध्यान भने विपद् व्यवस्थापन तर्फ केन्द्रित हुन भने सकेको छैन् । हाम्रा स्थानीय पालिकाहरुले विपद् जोखिम व्यवस्थापन ऐन जारी गरी सो को कार्यन्वयनका लागि अझै पनि ध्यान दिन सकिरहेको अवस्था छैन् । विपद् व्यवस्थापनका लागि पनि स्थानीय पालिकाहरुले पर्याप्त मात्रामा बजेट विनियोजन गर्न सकेका छैनन् ।
विपद् जोखिम व्यवस्थापनका लागि अब हाम्रा पालिकाहरु चुप रहेर वस्न मिल्दैन । संविधानले दिएको अधिकारलाई प्रयोग गरी विपद् व्यवस्थापन सम्वन्धि नीति निर्माण गरी कार्यन्वनका लागि पालिकाहरुले ध्यान दिनु पर्छ भने जोखिम व्यवस्थापनका गतिविधि सञ्चालनका लागि पर्याप्त मात्रामा वजेट समेत विनियोजन गर्न आवश्यक रहेको छ । निती निर्माण अनि प्रभावकारी कार्यन्वयन र पर्याप्त मात्रमा सचेतीकरण आदि जस्ता गतिविधिका सञ्चालन गर्ने हो भने पक्कै पनि हाम्रा पालिकाहरुले विपद् जोखिमलाई व्यवस्थापन गर्न सक्षम हुने छन् यस तर्फ सबैको ध्यान पुग्न जरुरी छ ।
प्रकाशित मिति:
बुधबार, पुस २९, २०७७, १९:५७:००