चरिकोट २५ फागुन
२०७७ सालको माध्यामिक शिक्षा एसईई परीक्षा आगामी जेठ १३ देखि २४ गते सम्मदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बोर्ड बैठकले २०७८ जेठ १३ देखि २४ सम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको कारण २ महिना ढिलो हुने भएको परीक्षा यसअघि चैतको पहिलो सातादेखि नै एसईइ परिक्षा शुरु हुने गरेको थियो । कोराना भाइरसको कारण नयाँ शैक्षिक सत्र गत पुसदेखि मात्रै भौतिक उपस्थितीमा कक्षा शुरु भएको थियो ।
प्रकाशित मिति:
मंगलबार, फागुन २५, २०७७, १२:५५:००