चरिकोट, १३ चैत्र
दोलखाको मेलुङ गाउपालिका वडा नम्बर ६ रहेको डाँडाखर्क माविमा स्वर्गीय हरिशंकर उपाध्यायको सम्झनामा अक्षकोष स्थापना गरिएको छ । स्वर्गीय उपाध्यायको सम्झनामा आज जिल्ला समन्वय समितिका सदस्य तथा समाजसेवि विदुर शर्माले आफ्ना बुवाको सम्झनामा एक लाख ५१ हजार रूपैया बराबरको अक्षकोष स्थापना गर्नु भएको हो ।
शर्माले आजै विद्यालयमा अध्ययन रत २०/२० जना विद्यार्थीलाई स्टेसनरि सामाग्री र झोला समेत वितरण गर्नु भएको छ । साथै शर्माले २० जना विद्यार्थीलाई एक हजार ५० का दरले छात्रा बृत्ति वितरण गर्नु भयो । यस्तै विद्यालयलाई आवश्यक पर्ने खेलकुद सामग्री समेत प्रदान गर्नु भएको थियो । त्यसै गरि यस अगिनै विद्यालयमा स्थापना भएको मान बहादुर कार्की अक्ष कोष २०६६ बाट विद्यालय बाट प्रवेशिका परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्र तथा छात्रा, पालिका स्तरिय रूपमा लिईने कक्षा आठको परिक्षामा विद्यालयबाट उत्कृष्ट विद्यार्थी , अपांगता भएका विद्यार्थी, सिमान्तकृत विद्यार्थी लगाएतलाई पुरस्कार वितरण गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका नि वर्तमान अध्यक्ष दिनेश थापामगरको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला समन्वय समिति दोलखाका अध्यक्ष विदुर शर्मा, नेपाली काङ्ग्रेस दोलखाका नेता बर्मा लामा, मेलुङ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कुसुम लामा, मेलुङ शिक्षा शाखाका ठाकुर ढुङ्गाना,गाउघर साना कृषि सहकारि संस्थाका अध्यक्ष श्रीराज पोखरेल, विद्यालयका प्रधान अध्यापक प्रविण थोकर, शिक्षक सुदर्शन पोखरेल, लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो । हाल विद्यालयमा दुई वटा अक्षकोषमा दुई लाख एक हजार रूपैया रहेको छ ।
प्रकाशित मिति:
शुक्रबार, चैत १३, २०७७, १९:३१:००