चरिकोट, ५ असार
पहिरोले थुनिएको तामाकोसी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन गरिएको र सुरक्षित ढंगले पानी खोल्ने कार्य भईरहेको छ । शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले रोङसी खोला थुनिएको हो ।
पहिरोले थुनिएको खोला ताल बनेर बसेको छ । ताल बनेर बसेको रोङ्सीलाई खुलाउन चिनियाँ पक्ष शनिबार बिहान उक्त क्षेत्रमा पुगेको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनु भयो । पहिराले थुनिएको रोङ्सी खोला ओभरफ्लो भएर बग्न थालेको आफुलाई जानकारी आएको पनि पनि प्रजिअ घिमिरेले बताउनु भयो ।
पहिरो गएको स्थान खुलाउन चिनियाँ टोली पुगेको छ,जानकारी दिनु हुँदै घिमिरेले थुनिएको खोला खुलाउन प्रयास भइरहेको छ । जानकारी दिनु भयो । धेरै ठूलो ताल बनेकाले सावधानी अपनाएर ताल फुटाउने काम भइरहेको घिमिरेले बताउनु भयो । नेपालतर्फबाट उक्त क्षेत्र जान सम्भावना नभएकाले उतैको टोली खोला थुनिएको क्षेत्रमा पुगेको हो । ‘ताल बनेको खोला फुटाउने काम सुरु भएको छ, तर, ‘सम्भावना कतिको हुन्छ, अझै यसै भन्न सकिदैन ।वहाँले जानकारी दिनु भयो ।
ताल फुटाउन चिनियाँ टोली पुगे पनि कति जना परिचालन गरिएको खुलाइएको छैन । रोङ्सी खोला सामान्य अवस्थामा आउन समय लाग्ने भएकाले जोखिम कायमै रहेको उनले घिमिरेले बताउँनु भयो ।
चीनको तिङ्ग्री काउन्टीको नेपालसँग सीमा जोडिएको लप्चीनजिकै पहिरो गएर शुक्रबार रातिबाट मुख्य सहायक खोला थुनिएको हो । चीनसँग सिमा जोडिएको ६० र ६१ नम्बर सीमास्तम्भनजिकै पहिरो गएर नदी थुनिएको छ । तामाकोसीमा बाढी आउन सक्ने भन्दै नदीतटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । तामाकोसीको तटीय क्षेत्रमा बस्नेलाई सुरक्षित स्थानमा जान जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ ।
यो पनि पढ्नु होस्
प्रकाशित मिति:
शनिबार, असार ५, २०७८, १४:४९:००