चरिकोट, ११ असार
दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पुजा गरिएको छ । मन्दिरको शिलामा पसीना आएको ४८ दिन पछि आज कालो बोकाको बलि सहित क्षमता पुजा गरिएको हो ।
राष्ट्रपति कार्यालयको तर्फबाट दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमीरेले आज बिहान साँढे ९ बजे देखी साँढे १२ बजे सम्म क्षमापुजा गर्नुभएको थियो । क्षमापुजाको प्रसाद भोली राष्ट्रपति कार्यालय पठाइने भीमेश्वर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिनुभयो ।
दोलखाको भीमेश्वर मन्दिरको शिलामा बैशाख २५ गते एक घण्टा २५ मिनेटसम्म पसिना आएको थियो । मन्दिरको शिलामा आएको पसिना पुछेको कपास राष्ट्रपति कार्यालय पठाउने नियमानुसार बैशाख २६ गते महाप्रसादको रुपमा पठाइएको थियो । सोहि समय जेठ ३० गते भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिको तर्फबाट सामान्य क्षमापुजा गरिएको थियो ।
कोभिड १९ कारोना भाइरसको संक्रमण न्युनिकरणका लागी दोलखामा निषेधाज्ञा जारी गरीएपछि मन्दिरको शिलामा पसिना आएको करिव डेढ महिना पछि आज क्षमापुजा गरिएको भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो ।
प्रकाशित मिति:
शुक्रबार, असार ११, २०७८, १८:३३:००