चरिकोट, २३ असार
दोलखाको बैत्यश्वर गाउँपालिका भित्रका सामुदायीक बन उपभोक्ता समूह हरुको एक दिने क्षमता अभिवद्धि कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
बैत्यश्वर गाउँपालिकाको कार्यालय नाम्दु स्थित पाडुडाँडामा सम्पन्न भएको कार्यक्रममा वर्तमान सन्दर्भमा सामुदायीक सम्बन्धि काुनन, संविधानमा उल्लेख भएको वन सम्वन्धि व्यवस्था, संघीय बन ऐन २०७६ मा भएका ब्यवस्था, प्रदेश बन ऐन २०७६ का प्रावधानका बारेमा स्थानीय उपभोक्ता र समुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुलाई जानकारी गराईएको थियो ।
साथै कार्यक्रममा स्थानीय सरकार सञ्चालन ऐनमा सामुदायीक वन सम्बन्धि भएको व्यवस्था, स्थानीय सरकार र सामुदायीक बन लगाएतका विषयमा पनि छलफल भएको थियो । कार्यक्रमको सहजीकरण सामुदायीक बन् उपभोक्ता महासंघका पूर्व केन्द्रीय सदस्य तथा सामुदायिक वन अभियान्ता भोला खतिवडाले गर्नु भएको थियो ।
कार्यक्रममा बैत्यश्वर गाउँपालिका भित्रका ४६ ओटा सामुदायीक बन उपभोक्ता समुहका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बैत्यश्वर गाउँपालिकामा प्रमुख छवि लामा, उपप्रमुख रविचन्द्र आचार्य, डिवीजन वन कार्यालयका दोलखाका डिभिजन वन अधिकृत शिव सापकोटा, सामुदायिक बन उपभोक्ता महासंघ दोलखाका अध्यक्ष जगन्नाथ बस्नेत, महासचिव गायत्री आचार्य, सदस्य ध्रुव आचार्य, लगाएतले आ आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रम बैत्यश्वर गाउँपालिका स्तरिय सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष गोमा दाहालको अध्यक्षता मा सम्पन्न भएको छ ।
प्रकाशित मिति:
शनिबार, असार १९, २०७८, १५:००:००