चरिकोट, २० भदौ
आर्थिक पत्रकारको छाता संगठन नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन् । उनीले आफू बाहेक दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
सेजनको अध्यक्ष पदमा नयाँ पत्रिका दैनिकका बिजनेश ब्यूरो प्रमुख बराल, क्लिकमान्डूका आषिश ज्ञवाली र नेपाल लाइभ टुडेका सम्पादक शिरोमणी ढुंगाना प्रतिस्पर्धामा उत्रिएका थिए ।
बरालले ११४ मत ल्याएर विजयी भएका हुन् । त्यसैगरी, ज्ञवालीले ८२ र ढुंगानाले ४८ मत पाएका थिए । त्यसैगरी, सेजनको उपाध्यक्षमा क्यापिटल नेपाल डटकम तथा क्यापिटल विजनेश म्यागजिनका बरिष्ठ संवाददाता सुजन ओली निर्वाचित भएका हुन् । उनी यस अघि सेजनको महासचिव थिए । ओलीको प्रतिस्पर्धी कृष्ण रिजाल थिए । ओलीले १२८ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी रिजालले १०५ मत ल्याएका थिए । रिजाल पनि यस अघिको कार्यसमितिमा सचिव थिए । रिजाल र ओली दुवै दोलखा जिल्ला बासी हुन् ।
त्यसैगरी महासचिवमा शिलापत्र डटकमका भागवत भटराई बिजयी भएका छन् । उनले १५० मत ल्याएका छन् । उनका प्रतिस्पर्धी विनय बञ्जराले १०० मत ल्याएका हुन् । त्यसैगरी सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मीकुमारी सापकोटा बिजयी भएकी हुन् । कार्यसमितिको सदस्यहरुमा सोभित थपलिया, अच्युत पुरी, अमर वडुवाल, ईशारा कोइराला र सीबी अधिकारी निर्वाचित भएको सेजनले जनाएको छ ।
प्रकाशित मिति:
आइतबार, भदौ २०, २०७८, १५:२७:००