चरिकोट, २० पुष
लागु पर्दाथ दुव्र्यसन तथा साइबरक्राइम सम्बन्धि ३ दिने सचेतना कार्यक्रम रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ बाम्तीमा सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिकाका ३५ जना युवाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा लागु पर्दाथ दुव्र्यसनबाट हुने बेफाइदा, प्रभाव र इन्टरनेट तथा डिजिटल प्रविधिको सहि र प्रभावकारी प्रयोगका बारेमा जानकारी गराईएको थियो । 
प्रदेश युवा परिषद् बागमती प्रदेश, हेटौडाको आयोजना भएको बागमति प्रदेश युवा परिषद्, वागमतीका सदस्य श्याम सुन्दर शिवाकोटी, नेपाल पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्ष जीवन लामा, अधिवक्ता प्रोणप्रताप के.सी. र हुराडेक नेपाल दोलखाका ध्रब आचार्य लगायतले प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्नु हुँदै प्रदेश युाव परिषद् वागमतीका सदस्य श्याम सुन्दर शिवाकोटीले तीन दिने सचेतना अधियानले युवाहरुले लागु पर्दाथ दुव्र्यसन तथा साइबरक्राइमका बारेमा युवाहरुलाई आधारभुत रुपमा जानकारी मिलेको बताउँनु हुँदै आगामी दिनमा युवा परिषद्ले गाउँगाउँ लागु पर्दाथ दुव्र्यसन तथा साइबरक्राइमका बारेमा सचेतना अभियान फैलाउने बताउँनु भयो
कार्यक्रमको उद्घाटन समारोहमा उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार, वडा नम्बर २ का अध्यक्ष खम्बध्वज बस्नेत लगायतको उपस्थिती रहेको थियो । सचेतना कार्यक्रम युवा परिषद्का कार्यक्रम संयोजक छोटी लामाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
प्रकाशित मिति:
सोमबार, पुस १९, २०७८, १४:२४:००