चरिकोट, ४ बैशाख
दोलखा जिल्ला फुटबल संघको अध्यक्षमा कौरव पाण्डे निर्वाचित हुनुभएको छ । संघको आज दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट पाण्डे निर्वाचित हुनु भएको हो ।
अध्यक्ष पदमा लागि भएको निर्वाचनमा पाण्डेले सात मत प्राप्त गरी अध्यक्षमा विजय हुनु भएको हो भने उहाँको प्रतिष्पर्धी प्रविण श्रेष्ठले तीन मत प्राप्त गर्नु भएको थियो ।
अध्यक्षमा निर्वाचित भए पछि पाण्डेले आफूले जिल्लामा फुटबल विकासका लागि म हैन हामी, भन्ने भावनका साथ अघि बढ्ने बताउँनु भयो ।
प्रकाशित मिति:
आइतबार, वैशाख ४, २०७९, १९:२७:००