चरिकोट, १६ बैशाख
जिल्लामा रगत अभाव हुन नदिनको लागि खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.को २६ औं स्थापना दिवसको अवसरमा चरिकोट सातदोबाटोमा रक्तदान आयोजना गरिएको हो ।
कोभिड १९ को संक्रमणको कारण भीडभाडमा मान्छेको उपस्थिति नहुने भएकाले रक्तदान कार्यक्रमहरु आयोजना हुन छाडेका थिए । तर पछिल्लो अवस्थामा जिल्लामा रगत अभाव नहोस भनेर नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको समन्वय र हाम्रो जनकल्याण साकोसकाले रक्तदान कार्यक्रम आयोजना गरिएको प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिनुभयो ।.
कार्यक्रममा हाम्रो जनकल्याण साकोसका अध्यक्ष राजन श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाका सभापति गोकर्ण पोखरेलले रक्तदाताहरुलाई ब्लड व्याग दिएर कार्यक्रम उद्घाटन गर्नु भएको थियो । रक्तदान कार्यक्रममा १८ वर्ष उमेर पुगेका २३ रक्तदाताहरुले रक्तदान गरेका थिए ।
प्रकाशित मिति:
शुक्रबार, वैशाख १६, २०७९, १३:०९:००