चरिकोट, १६ बैशाख
मानवअधिकार अनुगमन तथा प्रतिवेदन लेखन सम्वन्धि अन्तरक्रिया कार्यक्रम दोलखा जिल्ला सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ ।
हुराडेक नेपाल दोलखाद्वारा सञ्चालित नागरिक समाज : पारस्परिक जवाफदेहिता परियोजनाले बिहिबार आयोजना गरेको कार्यक्रममा १३ महिला सहित २५ जनाको सहभागिता रहेको थियो । जसमा नागरिक समाज संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र मानवअधिकार रक्षकहरू सहभागी भएका थिए ।
कार्यक्रममा मानवअधिकार अनुगमन, दस्ताबेजीकरण र प्रतिवेदन लेखन विषयमा छलफल भएको थियो । कार्यक्रमको सहजीकरण हुराडेक नेपाल दोलखाका परियोजना संयोजक शेरबहादुर भुजेलले गर्नु भएको थियो ।
प्रकाशित मिति:
शुक्रबार, वैशाख १६, २०७९, १४:४५:००