चरिकोट, २६ बैशाख
निर्वाचनलाई प्रभावित बनाउन गैर मतदाताहरु जिल्ला प्रवेश गर्ने क्रम बढेसँगै जिल्लाको सुरक्षा व्यवस्था कडा बनाईएको छ भने सर्तक रहन सबैमा स्थानिय प्रशासनले आग्रह गर्दै आएको छ । यसै बिच जिल्ला प्रवेश गरेका दोलखा बाहिरका व्यक्तिहरुलाई तामाकोसी गाउँपालिका–२ झुलेमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
आइतबार साँझ ६ वटा मोटसाइकलमा गाउँ आएका गैर मतदाताहरुलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् । उनीहरुले प्रयोग गरेको ६ वटा मोटसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
मतदाता त्रसित पार्न र बुथ कब्जा गर्न प्रवेश गरेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । निर्वाचन बिथोल्न शंकास्पद रुपमा गाउँ प्रवेश गर्न लागेका युवालाई नियन्त्रणमा लिएको दोलखाका प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेलले बताउनु भयो ।
प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेलका अनुसार कसले प्रयोग गरेर गैर मतदाता प्रवेश गराएको भन्ने बारेमा भने अनुसन्धान भइरहेको छ । निर्वाचन बिथोल्न बाहिरबाट गैर मतादाता युवा प्रवेश गर्न लागेको आशंकामा जिल्लाभरका नाकाहरुमा थप कडाइ गरिएकोे प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
सोमबार, वैशाख २६, २०७९, ०७:३३:००