चरिकोट, २३ जेठ
दोलखाको गौरीशंकर गाउँपालिका वडा नं.–९ मा राष्ट्रिय प्रसारण लाइनको पुगेको छ । गौरीशंकर गाउँपालिका वडा नं. ९ स्थित सुर्मुचे, क्याल्चे, डोङाङ्ग र बेदिङ्ग लगायतका बस्तिहरुमा अबदेखी राष्ट्रिय केन्द्रिय लाइनको बिजुली बल्न सुरु भएको छ ।
नेपाल विद्युत प्राधिकरण दोलखाले केही वर्ष अघिदेखि लाईन बिस्तार गरिरहेका थियो । बिजुली बाल्नको लागि स्थानीयले समेत निकै चासो दिएको र स्थानीय आवश्यक निर्माण कार्यलाई समेत सहयोग गरेको स्थानीय शिक्षक बोलेन्द्र आचार्यले जानकारी दिनु भयो ।
यस क्षेत्रमा विद्युतीकरणका लागि लामो समयदेखी निर्माण कार्य भईरहेको थियो । पछिल्लो अवस्थामा च्छोरोल्पा हिमताल जाने पर्यटकहरुको संख्यामा वृद्धि भएको र पर्यटकलाई मोवाईल, टर्च र क्यामेराको व्याट्री चार्जको लागि पनि बिजुली चाहिने भएकाले निर्माण कार्यलाई तीव्रता दिएको शिक्षक आचार्यले बताउनु भयो । अझैं पनि ठाङ्दिङ्ग, उतिसे र केताङ्गमा बिद्युतीकरणको कार्य बाँकी रहेको छ ।
प्रकाशित मिति:
सोमबार, जेठ २३, २०७९, १३:११:००