चरिकोट, २८ जेठ
योगदान दिवसको अवसरमा योगदान राष्ट्रको लागि नामक संस्थाले दोलखामा सवारी दुर्घटना न्यूनिकरणको लागि जनचेतनामूलक सन्देश प्रवाह गरिएको छ । सदरमुकाम चरिकोट सातदोबाटोबाट सन्देशमूलक प्लेकार्ड, व्यानर बोकेर बजार परिक्रमा गरिएको हो ।
योगदान राष्ट्रको लागि जिल्ला कार्य समिति दोलखाको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको समन्वयमा योेगदान दिवसको अवसरमा ट्राफिक नियम पालना गरौ, सवारी दुर्घटना हुनबाट जोगिऔं भन्ने नाराका साथ योगदान दिवस मनाईएको हो । रयालीमा योगदान राष्ट्रका लागिका कार्यसमिति सदस्यहरु ट्राफिक प्रहरी, सवारी चालक र जनपथ प्रहरीको उपस्थिति थियो ।
कार्यक्रम योगदान राष्ट्रका लागि जिल्ला कार्य समिति दोलखाका अध्यक्ष राजु थापाको अध्यक्षतामा र दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाको प्रमुख आतिथ्यतामा भएको थियो । कोण सभामामा परिणत हुँदै सवारी चालक सबै सचेत भएमा सवारी दुर्घटना कम हुने बताउनुभयो । ट्राफिक प्रहरीको आँखा छल्नको लागि हेल्मेट लगाउने होईन, आफ्नो सुरक्षाको हो भन्ने बुझाई गर्नको लागि सबै सवारी चालकलाई अनुरोध गरेका थिए ।
प्रकाशित मिति:
शनिबार, जेठ २८, २०७९, १२:३९:००