चरिकोट, २८ जेठ

सदरमुकाम चरिकोटमा दुई दिने जिल्लास्तरीय औद्योगिक प्रदर्शनी सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय चरिकोटले औद्योगिक प्रदर्शनी सञ्चालनमा ल्याएको हो । उद्यमीहरुले उत्पादित वस्तुलाई सार्वजनिक गर्ने र बिक्री गर्ने उद्देश्यले जिल्ला स्तरीय प्रदर्शनी आयोजना गरिएको जनाएको छ ।
चरिकोट सातदोबाटोमा आज र भोलि प्रदर्शनी सञ्चालनमा हुने छ । प्रदर्शनीमा अल्लो, लोक्ताबाट उत्पादित वस्तुहरु, काठबाट निर्मित मखुण्डो, नेपाली कागज, धागोबाट निर्मित स्वीटर, टोपी, मखलर, सिन्की चाउचाउ, ढाकाका पछयौरी, गलबन्दी, अकबरे खुर्सानीको अचारलगायतका वस्तु रहेका छन् ।

यसै गरी सबैलाई बेलामा खबर नगरेकाले वास्तविक उद्यमीहरु छुटेको हुनाले प्रदर्शनी खल्लो रहेको कतिपय उद्यमीहरुको गुनासो रहेको छ ।
प्रकाशित मिति:
शनिबार, जेठ २८, २०७९, १३:०७:००