चरिकोट, २८ जेठ
हुराडेक नेपाल दोलखाले लुथरन वल्र्ड फेडेरेसनसँगको साझेदारीमा सञ्चालन गर्दै आएको सामुदायिक सशक्तीकरण र विकासका लागि स्थानीय पहल परियोजनाको समिक्षा बैठक शुक्रबार कालिञ्चोक गाउँपालिकामा सम्पन्न भएको छ ।
परियोजना मार्फत सञ्चालित गतिविधि र आगमी दिनमा सञ्चालन हुने गतिविधिका बारेमा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जानकारी गराई सञ्चालित गविविधिलाई प्रभावकारी बनाउने उद्धेश्यले समिक्षा बैठक आयोजना गरिएको हो । समिक्षा कार्यक्रममा हुराडेक नेपाल दोलखाको तर्फबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गरिएको थियो ।
समिक्षा कार्यक्रममा हुराडेक नेपाल दोलखाका परियोजना संयोजक शेरबहादुर भुजेलले परियोजना मार्फत विगतमा सञ्चालन भएका आगामी दिनमा सञ्चालन हुने गविविधिका बारेमा जानकारी दिनु भएको थियो ।
समिक्षा कार्यक्रममा मन्तव्य व्यक्त गर्नु हुदै कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटीले सञ्चालित कार्यक्रमहरु प्रभावकारी रुपमा प्रतिफल देखिने गरी सञ्चालन गर्न आग्रह गर्नु भयो । यसै गरी कार्यक्रममा कालिञ्चोक गाउँपालिका उपाध्यक्ष कुलबहादुर बुढलकाथोकी, हुराडेक नेपाल दोलखाका अध्यक्ष उद्धव पोखरेल, हुराडेकका पुर्व अध्यक्ष होम पाठक, कार्यकारी निर्देशक सुन्दरकुमार लामीछाने लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रकाशित मिति:
शनिबार, जेठ २८, २०७९, १४:३२:००