जिल्ला समन्वय समिति दोलखाको प्रवक्तामा अनिल कुमार तामाङ नियुक्त हुनुभएको छ । जिल्ला समन्वय समितिको आज बसेको दोस्रो बैठकले तामाङलाई नियुक्त गरिएको हो ।
नव नियुक्त प्रवक्ता तामाङ नेपाली काँग्रेसआवद्ध हुनुहुन्छ । समितिको आज बसेको बैठकले नगरपालिका र गाउँपालिकाहरुले सम्पादन गर्दै आएका विकास निर्माण कार्यहरुको अनुगमन गर्ने निर्णय समेत गरिएको जिल्ला समन्वय समिति दोलखा प्रमुख बर्जुराम घतानीले जानकारी दिनुभयो ।
प्रकाशित मिति:
बिहीबार, असार ९, २०७९, १४:३७:००