अखिल नेपाल खेलकुुद महासंघ दोलखामा नयाँ नेतृत्व चयन भएको छ । नेकपा माओवादी केन्द्र दोलखाले विमल वलीको अध्यक्षतामा २५ सदस्यीय अखिल नेपाल खेलकुद महासंघ गठन गरिएको हो ।
आज चरिकोटमा सम्पन्न खेलकुद महासंघ दोलखाको प्रथम अधिवेशनले वलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो । महासंघको उपाध्यक्षमा रामशरण थापा मगर, सचिव सुरज तामाङ, सहसचिव लापासाङ शेर्पा र कोषाध्यक्षमा श्रृष्टि तामाङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सदस्यहरुमा रोशन अधिकारी, ऐसिक नेपाली, दाफेजो शेर्पा, सन्तोष फुयाँल, हिमाल श्रेष्ठ, आशिष थामी, कुमार श्रेष्ठ, विजय कार्की, विनोद खड्का, महेश भन्डारी, हरि कार्की, सन्जय कार्की, रिवाज तामाङ, निजय तामाङ र त्याङ्गुुण लामा रहेका छन् । महासंघको प्रथम अधिवेशनको अवसरमा खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पुुर्याएका व्यक्तित्वहरुलाई सम्मान गरिएको अखिल नेपाल खेलकुुद महासंघ दोलखाका इञ्चार्ज पुस्कर अधिकारीले जानकारी दिनुभयो ।
प्रथम भेलाको उद्घाटन सत्रमा नेकपा माओवादी केन्द्रकी सदस्य एवम् जिल्ला इञ्चार्ज देवी खड्काले उद्घाटन गर्नुुभएको थियो । भेलामा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का, माओवादी केन्द्र दोलखाका संयोजक कुल बहादुुर बुढाथोकी, खेलकुद महासंघका केन्द्रीय सचिव गोविन्द घिमिरे वाईसियल नेपालका केन्द्रीय लेखा आयोगका सदस्य नवराज अर्याललगायतले शुुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति:
शुक्रबार, साउन २७, २०७९, २०:०२:००