दोलखामा पर्याप्त विकासको सम्भावना भएको जिल्ला भएकाले गठबन्धन आवश्यकता रहेको उम्मेदवारहरुले बताउनुभयो । आज चरिकोटमा आयोजना गरिएको लोकतान्त्रिक गठबन्धनको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।
अन्य जिल्लाको भन्दा दोलखा पर्यटन, कृषि, जलविद्युतले सम्पन्न जिल्ला हुँदासम्म हिजोको दिनमा सोचेजस्तो विकास गर्न नसकेको आरोप समेत लगाएका छन् । आगामी दिनमा गठबन्धनको विजय भएपछि दोलखाली जनताले सोचे जस्तो विकास गर्ने गठबन्धनका प्रतिनिधि सभाका उम्मेदवार गंगा कार्की (विश्व) ले बताउनुभयो । समृद्ध दोलखा, सुखी दोलखाली निर्माणको लागि गठबन्धन जनतामाझ कठिवद्ध रहने उम्मेदवार गंगा कार्की (विश्व) ले बताउनुुभयो ।
त्यस्तै पत्रकार सम्मेलनमा गठबन्धनका प्रदेश क का उम्मेदवार कुन्दनराज काफ्ले र प्रदेश ख का उम्मेदवार वर्मा लामाले जनतामाझ सधैं कठिवद्ध रहेको कार्यक्रममा बताउनुभयो ।
प्रकाशित मिति:
बिहीबार, कात्तिक ३, २०७९, १६:४३:००