चरिकोट, २४ कार्तिक
दोलखाको शैलुङ गाउँपालिका वडा नं. ३ का सीताराम कार्कीले आजकाल दैनिकी फेरिएको छ । पहिले पहिले हिडेरै घर घरमा दुध बिक्रि गर्ने कार्की अहिले आफ्ना ग्राहकले समयमै दुध खान पाउन भनेर घोड चढेर घर घरमा दुध विक्रि गर्दै हिड्नु हुन्छ ।
ग्राहकको माग अनुसार बिहान सबेरै दूध पुर्याउनको लागि घोडा चढेर दुध विक्रि गर्न सुरु गरेको कार्कीले बताउँनु भयो । घरबाट बाघखोर बजारसम्म दूध पुर्याउन ढिला हुने भएकाले घोडाको सहायता लिन थालेको कार्कीले बताउँनु भयो । गाउँमा सडक भए पनि मोटरसाईकल चलाउन नजानेको र हिडेर दूध पुर्याउन ढिला हुने भएकाले घोडाको सहायता लिएको कार्कीले बताउँनु भयो ।
स्थानीय बाघखोर बजारमा कार्कीले विगत ९ वर्षदेखि दूध बेच्दै आउनु भएको छ । दैनिक नौ हर्लिक्स बोतल दूध बजारमा खपत हुन्छ । घोडा नहुँदा घरबाट बजार दूध पुर्याउन बिहान ३ बजे नै उठ्नुु पथ्र्यो । अहिले चार बजे उठ्ने गरेको कार्की बताउँनु हुन्छ । ठाडो उकालो बाटो अनि आफु युरिक एसिडको बिरामी हिड्न गाह्रो त्यसैले अहिले कार्कीको सारथी घोडा बनेको छ ।
घोडा चढ्न थालेपछि आवातजावत गर्न सजिलो भएको कार्की बताउनु हुन्छ । कहिलेकाही आफन्तजन र कहीकतै जान पनि सजिलो भएका कार्कीले सुनाउनु भयो ।
कार्कीले नौ वर्षअघि प्रति हर्लिक्स बोतलको १५ रुपैयाँ बिक्री गर्नु हुन्थ्यो तर अहिले सबै सामानहरुको मूल्य बढ्यो, एक हर्लिक्स दूध अहिले कार्कीले ७५ रुपैयाँमा बेच्ने गर्नु हुन्छ । कार्कीको दुई वटा दुहुुनो भैसी छन् । दुध बेचेर मासिक लगभग २३ हजारजत्ति आम्दानी हुन्छ । तिनै आम्दानीले घर खर्च र छोराछोरीहरु पढाउन हुर्काउन सहज भएको छ । दैनिक घोडालाई दुुई केजी चना पनि दिनु पर्छ । आफ्ना हजुरबा घोडा चढेको देखेकाले पनि कार्कीलाई घोडा चढ्ने रहर लागेको हो । त्यही रहरले गर्दा साथीहरुसँग सापट मागेर ८० हजारमा घोडा किनेको कार्कीले भन्नु भयो ।
प्रकाशित मिति:
बिहीबार, कात्तिक २४, २०७९, १३:४६:००