चरिकोट, ७ मंसिर
बुथ कब्जा र निर्वाचनमा धाधली भएको भएको भन्दै निर्वाचन आयोगमा उजुरी परेपछि निर्वाचन आयोगले पठाएको छानविन टोली दोलखा आईपुगेको छ । जिल्लाका ५ स्थानको मतदान पुन गर्न माग गर्दै नेकपा एमाले दोलखाले उजुरी दिएको थियो।
दोलखाको उजुरी छानबिन गर्न निर्वाचन आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईको नेतृत्वमा गुरु वाग्ले र मोहनराज जोशीको टोली दोलखा आएर सरोकारवाला निकायसँग सोधपुछ गर्ने कार्य सुरु गरेको छ । अनुसन्धान गर्न आएको टोलीले बुधबार दिउँसो सम्म रिपोर्ट लिएर फर्कने आयोगले जनाएको छ ।
दोलखामा मतगणना प्रक्रिया अगाडि नबढाउन आयोगको निर्देशन
निर्वाचन आयोगले दोलखामा मतगणना प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको छ । नेकपा एमाले दोखलाले सत्ता गठबन्धन दलले बुथ कब्जा गरेको उजुरी दिएपछि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई एक पत्र लेखि अर्को निर्देशन नआउञ्लेसम्म मतगणना कार्य अगाडि नबढाउन निर्देशन दिएको हो ।
दोलखामा मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतदानको सम्बन्धमा आयोगबाट निर्णय भई नआएसम्म मतगणना सम्बन्धी प्रक्रिया नबढाउन निर्देशन आएकाले अर्को सूचना जारी नभएसम्मका लागि मतगणना कार्य स्थगीत भएको जानकारी दिएका छन् ।
एमालेले उजुरीमा बैतेश्वोर माबी मतदान केन्द्र–६, वडा कार्यलय पिपलबोट मतदान केन्द्र बैतेश्वोर–१, मितदान केन्द्र मेलुङ–४ लगायतका विभिन्न ठाउँमा गठबन्धनले एकलौटी ढंगले बुथ कब्जा गरेको भन्दै पुन निर्बाचन गराउन माग गरेको छ ।
प्रकाशित मिति:
बुधबार, मंसिर ७, २०७९, १२:५४:००