दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा (विश्व) कार्की निर्वाचित भएका छन् ।
गंगा कार्की ३१७ मत अन्तरले निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ७९९ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४८१ मत पाएका छन् ।
दोलखामा कार्कीको जितसँगै नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ सिट पुर्याएको छ । मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० क्षेत्रमा धाँधली भएको निष्कर्षसहित यी क्षेत्रमा मंसिर १५ गते पुनः निर्वाचन भएको थियो ।
दोलखाको प्रदेश सभा १ बाट नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले निर्वाचित भइसकेका छन् । कांग्रेस केन्द्रीय सदस्य काफ्ले, नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई ७ हजार ८७५ मत अन्तरले पछि पार्दै निर्वाचित भएका हुन् । उनले २३ हजार २३१ मत पाएका छन् । नेकपा एमालेका नर बहादुर श्रेष्ठले मत १५ हजार ३५६ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति:
सोमबार, मंसिर १९, २०७९, ११:४२:००