चरिकोट, १४ पुष
दोलखा मेलुङ गाउँपालिको आयोजनामा सुन्तलाको जुस बनाउने सीप विकास तालिम सम्पन्न भएको छ । मेलुङ गाउपालिका वडा नम्बर १ मा आयोजना गरिएको तालिममा सुन्तला उत्पादक १० जना किसानहरुका सहभागिता रहेको थियो ।
तालिम कार्यक्रमको उद्घाटन गर्नु हुँदै मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार थोकरले गरिबीको रेखामुनी रहेका नागरिकको जीवनस्तरमा वृद्धि गरि गरिबी न्युनिकरण गर्ने उद्धेश्यका साथ तालिम आयोजना गरिएको बताउँनु भयो । तालिममा रामेछापबाट आउनु भएका लोकेन्द्र श्रेष्ठले सुन्तलाबाट जुस बनाउने तरिकाबारे आवश्यक जानकारी दिनु भएको थियो ।
तालिमका लागि आवश्यक पर्ने जुसर मेशिन, रिफ्याक्टो मिटर सहित अन्य आवश्यक सामग्री गाउँपालिकाले उपलब्ध गराएको थियो । तालिमको समापन गर्नु हुँदै मेलुङ गाउपालिकाकी उपाध्यक्ष गायत्री आचार्यले पवटीमा उत्पादन भएको सुन्तलाले बजार नपाएको तर
को बजार भाउ राम्रो भएकाले जुस बनाएर बिक्रि गर्नका लागि सहभागी किसानहरुलाई आग्रह गर्नु भयो ।
प्रकाशित मिति:
बिहीबार, पुस १४, २०७९, ०८:२१:००