चरिकोट २२ पुष
जिल्ला सहकारी संघ दोलखाको १७ औँ वार्षिक साधारण सभा बिहिबार दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । संघका अध्यक्ष हेमन्तकुमार चौलागाईंको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन प्रतिनिधी सभाका सदस्य गङ्गा कार्कीले गर्नु भएको थियो ।
साधारण सभाले संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको छ । यसै गरी साधारण सभाको अवसरमा सहकारी क्षेत्रमा योगदान पुर्याउने विभिन्न सहकारी संस्था तथा व्यक्तिहरुलाई पनि सम्मान समेत गरेको छ ।
संघले दोलखाको जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवराज दहाललाई जिल्लाकै उत्कृष्ट सहकारी व्यवस्थापकको रुपमा सम्मान गरेको छ ।
यसै गरी संघले संघसंस्थाहरुमा मिलजुली कालिञ्चोक साकोस चरिकोट, हाम्रो जनकल्याण साकोस चरिकोट, गौरीशङ्कर बहुउद्देश्यीय सहकारी चरिकोट र सुर्याेदय बहुउद्देश्यीय सहकारी चरिकोट रहेका छन् भने व्यक्ति तर्फ सहकारीकर्मीको रुपमा त्रिपुरा महिला साकोसकी सोममैया श्रेष्ठ, संघको पूर्व सञ्चालक पार्वती श्रेष्ठ, पत्रकारतर्फ सिर्जनकुमार घिमिरे र सहकारी कर्मचारी तर्फ पुरुषमा अर्थभूमि साकोस चरिकोटका सुवास श्रेष्ठ र महिलामा जनहित सहकारी चरिकोटकी सिर्जना न्यौपालेलाई सम्मान गरेको छ ।
त्यस्तै साधारण सभाकै अवसरमा संघले प्रविधी हस्तान्तरण कार्यक्रम अन्तर्गत वैतेश्वर ३ स्थित कालिढुङ्गा कृषि सहकारी संस्थालाई कम्प्युटर र प्रिन्टर प्रदान गरेको छ ।
प्रकाशित मिति:
शुक्रबार, पुस २२, २०७९, ०८:०६:००