विद्यार्थीहरुको अध्ययनमा प्रोत्साहनको लागि वडाअध्यक्षले स्कुल पोषक दिएका छन् । कालिञ्चोक गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष भरत पाण्डेले १४ विद्यार्थीहरुलाई व्यक्तिगत पैसाले स्कुल पोषकको लागि चेक दिएका हुन् ।
कालिञ्चोक गाउँपालिका वडा नं. ६ मा एशियाली विकास वैंकद्धारा निर्मित जनज्योति मावि नयाँ भवन हस्तान्तरण कार्यक्रममा २१ हजार रुपैयाँको चेक दिएको वडाअध्यक्ष भरत पाण्डेले बताउनु भयो । कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई पढ्न हौसला दिनको लागि वडाअध्यक्ष पाण्डेले व्यक्तिगत रुपमै सहयोग गरेका हुन् ।
गाउँकै विद्यालयमा विद्यार्थीहरुलाई अध्ययन गर्ने वातावरण सिर्जना गर्नको लागि वडाअध्यक्ष पाण्डेले व्यक्तिगत रुपमा सहयोग गरेका हुन् । कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थी सुरुमा ५, ६ जना होला भनेर सम्झेको तर अहिले १४ जना विद्यार्थी अध्ययन गर्ने भएकाले सबैलाई पुग्ने गरी २१ हजारको चेक विद्यालयका प्रधानाध्यापक गणेश कार्कीलाई हस्तान्तरण गर्नु भएको थियो ।
प्रकाशित मिति:
बुधबार, पुस २७, २०७९, १५:४४:००