सदरमुकाम चरिकोटमा नयाँ होटल दृश्य सञ्चालनमा आएको छ । बाबुराजा शाहीले ३ करोड ५० लाख लगानीमा उक्त होटल सञ्चालनमा ल्याएको हो ।
दोलखा घुम्न आउने पर्यटकका लागि ‘होटल दृश्य’ फोटो र भिडियोका लागि मुख्य भ्यु प्वइन्ट हो । होटलमा ८ वटा कोठाहरु रहेका छन् । सबै कोठाहरु डिलक्स रहेका छन् । एटेच बाथरुम सहित विद्युतीय प्रविधिमा टु वे प्रणाली जडान गरिएको छ ।
होटलमा छुटै मिटिङ हलसमेतको व्यवस्था रहेको छ । जहाँ वर्थडे सेलिव्रेसन, अन्य भेटघाट तथा कार्यक्रमहरु गर्न सकिने छ । होटलमा थ्री फेज लाइन जडान गरिएको छ । विद्युतीय सवारी साधनका लागि समेत चार्ज गर्न मिल्ने प्रविधि होटलको अर्को सुविधा पनि छ । होटलभित्र निर्माण गरिएको डेकोरेसन सामानहरु उच्चगुणस्तरीय (ग्रे नाइट) प्रयोग गरिएको छ ।
होटल क्षेत्रमा केही नयाँ गर्ने इच्छा रहेकोले नयाँ खालको डेकोरेशनमा होटल निर्माण गरिएको बाबुराजा शाहीले बताउनु भयो । मासुजन्य व्यवसायमा आवद्ध रहेका शाही होटल व्यवसायी भने नयाँ हो ।
यस होटलको छतबाट शैलुङ, कालिञ्चोक, गौरीशंकर, तामाकोशी नदी, चेर्दुङ, हनुमन्तेडाँडा र भीमेश्वर मन्दिरको दृश्यावलोकन गर्न सकिन्छ । चरिघ्याङ धार्मिक हिसावले पनि प्रसिद्ध क्षेत्र मानिन्छ । होटल निर्माणसँगै यहाँको विकास गतिविधिमा थप सहयोग पुग्ने आशा होटल सञ्चालक शाहीले राखिएको छ ।
२०७८ मंसिर २२ गतेबाट होटल निर्माण सुरु गरिएको थियो । होटल आज नेपाल पर्यटन वोर्डका निर्देशक तथा सूचना अधिकारी मनि आर लामिछानेले उद्घाटन गर्नु भएको थियो । यहाँ सवारी साधान पार्किङदेखि मनोरञ्जनका लागि रुफटपमा छुटै सुविधा व्यवस्था गरिएको छ । यहाँ बाइक पार्किङ, हेभि गाडि र लाइट गाडि सहजै पार्किङको व्यवस्था रहेको छ ।
यस होटलमा विशेषगरी नेपाली अर्गानिक खाना, थकाली खाना, कन्टिनेन्टल फुड, चाइनिज फुड, इन्डियन फुडको व्यवस्था रहेको सञ्चालक शाहीले बताउनु भयो । तामाकोशीको माछा समेत व्यवस्था गरिएको छ ।
प्रकाशित मिति:
बिहीबार, माघ १२, २०७९, १५:१६:००