पवटी, १३ माघ
मेलुङ गाउँपालिका वडा नम्बर १ पवटी सिम्टेमा रहेकाे श्री सिम्टे आधारभूत विद्यालयले निर्माण गरेकाे सरस्वतीकाे मन्दिर उदघाटन गरेकाे छ ।
विद्याकि देवी सरस्वतीकाे विशेष पुजा आराधना गरिने दिन श्रीपञ्चमी पर्वकाे अवसर पारेर मन्दिर उदघाटन गरेकाे हाे । विद्यालयले आयाेजना गरेकाे उदघाटन कार्यक्रमका प्रमुख अतिथि मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थाेकरले दियाेमा बत्ती बाली सरस्वतीकाे मूर्तिमा पुजा आराधना गरि उदघाटन गर्नुभएको थियो ।
पूर्व शिक्षक,स्थानीय समाजसेवी एवम पत्रकार शिव कुमार भुजेलले सरस्वतीकाे मन्दिर निर्माण गर्दा गाह्रो लगाउँन आवश्यक पर्ने सिमेन्टको बल्क र मन्दिरमा राखिने देवताकाे टायल फाेटाहरु निशुल्क उपलब्ध गराउने वचन दिनु भएपछि मन्दिर निर्माण गर्ने हौसला जागेकाेले विद्यालयका प्रधानाध्यापक,शिक्षक स्टाफ र अन्य धार्मिक आस्थाका धनी सहयाेगी हातहरुले सहयोग गरेकाे कारण मन्दिर निर्माण कार्य सफल भएकाे विद्यालयकाे शिक्षिका रमिला उप्रेतीले बताउनुभयो ।
मन्दिर निर्माण सम्पन्न गर्न कुल खर्च २ लाख ७५ हजार लागेकाे र सहयाेगी मनहरु बाट धेरै सहयाेग प्राप्त भए पनि अझै केही रकम अपुग रहेकाेमा हाललाई ऋण बाट काम चलाएकाे र थप सहयाेगी हातहरुकाे खाँचाे रहेकाे विद्यालयका प्रधानाध्यापक बैकुण्ठ प्रसाद काेइरालाले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर विककाे अध्यक्षतामा सम्पन्न भएकाे उदघाटन कार्यक्रममा उपस्थित अतिथिहरुलाई विद्यालयकाे शिक्षिका कविता भुजेलले स्वागत गर्नु भएकाे थियाे भने प्रमुख अतिथि हिरा कुमार थाेकर र पत्रकार शिव कुमार भुजेलले मन्तव्य राख्नु भभएकाे थियो । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक,शिक्षक, शिक्षा प्रेमीहरु ,अभिभावकहरु तथा विद्यार्थीहरुकाे उपस्थिति रहेकाे थियाे ।
प्रकाशित मिति:
शुक्रबार, माघ १३, २०७९, ०९:०९:००