सदरमुकाम चरिकोटमा सञ्चालित गौरीशंकर बहुमुखी क्याम्पसको ४२ औं वार्षिक उत्सव समारोह सम्पन्न भएको छ । विभिन्न बाधा अवरोधहरु पार गर्दै जिल्लाकै नमूनाको क्याम्पसको रुपमा स्थापित हुन सफल रहेको गौरीशंकर बहुमुखी क्याम्पसले आज भव्य समारोहको आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।
क्याम्पस ४२ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा यसअघि विविध कार्यक्रमहरु आयोजना गर्दै आज उत्सव समारोह मनाएको हो । २०३८ सालमा स्थापना गरिएको क्याम्पस आज भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरमा फड्को मारेको छ । ४२ वर्ष पूरा गरिरहदा जिल्लाकै नमूना र उदाहरणीय क्याम्पस बन्न सफल भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरले बताउनु भयो ।
४२ औं वार्षिक उत्सव समारोह सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरको अध्यक्षता र क्याम्पस संस्थापक अध्यक्ष आत्मकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । समारोहमा बागमती प्रदेश सभा सदस्य भरत बहादुर केसी, भीमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धर, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर, क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष प्रदिप मानन्धर, प्रमुख जिल्ला अधिकारी शेखर पौड्याल, नेपाली कांग्रेस पार्टी सभापति वर्मा लामा, नेकपा एमालेका अध्यक्ष नर बहादुर श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष भीम दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति पूर्ण बहादुर तामाङ, राप्रपा सचिव राम बहादुर तामाङ, राप्रपा नेपालका अध्यक्ष नवराज श्रेष्ठ, क्याम्पस सञ्चालक समितिका सदस्य रमेश खतिवडा र निर्मला शिवाकोटीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति:
बुधबार, चैत १५, २०७९, १२:३७:००