मेलुङ गाउँपालिका दोलखाले उत्कृष्ट, जेहेन्दार र विपन्न विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्नको लागि अध्यक्ष छात्रवृत्ति दिने घोषणा गरेका छन् । मेलुङ गाउँपालिकाबाट गौरीशंकर बहुमुखी क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्ने १५ जना विद्यार्थीलाई अध्यक्ष छात्रवृत्ति दिने मेलुङ गाउँपालिका अध्यक्ष हिरा थोकरले जानकारी दिनु भयो ।
गौरीशंकर क्याम्पसको ४२ औं वार्षिक उत्सवमा मन्तव्य दिदै पालिका अध्यक्ष हिरा थोकरले मेलुङ गाउँपालिकालाई शैक्षिक क्षेत्रको विकासको लागि उच्चशिक्षा हासिल गरेका व्यक्तिहरु आवश्यकता भएकाले उच्चशिक्षा अध्ययनमा प्रोत्साहन स्वरुप अध्यक्ष छात्रवृत्ति दिने घोषणा गरिएको हो ।
आर्थिक वर्ष २०८०÷८१ देखि लागू हुने गरी अध्यक्ष छात्रवृत्ति बजेट विनियोजन गरिने अध्यक्ष थोकरले जानकारी दिनु भयो । वार्षिक पाँच लाख बजेट विनियोजन गर्ने र १५ जना विद्यार्थीलाई उक्त रकम छात्रवृत्ति स्वरुप प्रदान गरिने छ । गौरीशंकर क्याम्पसमा हाल मानविकी, व्यवस्थापन र शिक्षा संकायमा अध्ययन अध्यापन भईरहेको छ ।
प्रकाशित मिति:
बुधबार, चैत १५, २०७९, १६:४४:००