गौरीशंकर बहुमुखी क्याम्पसको ४२ औं वार्षिक उत्सव तथा दोस्रो क्याम्पस सभाबाट अमृत राउत निर्वाचित भएका छन् । आज सम्पन्न दोस्रो क्याम्पस सभाबाट सञ्चालक समितिको अध्यक्षतामा राउत निर्वाचित भएका हुन् । सभाबाट सञ्चालक समितिमा क्रमश अध्यक्ष अमृत राउत, निवर्तमान अध्यक्ष राजेन्द्र मानन्धर र सदस्यहरुमा शंकरलाल श्रेष्ठ, घनश्याम रिजाल, श्रीकृष्ण वस्नेत, गोविन्द मानन्धर, विश्वमणि चौलागाई, रमेश खतिवडा, डा. जानुका न्यौपाने, रामकृष्ण केसी, रामजी चौलागाईं, सदस्य सचिव–शान्त केसी, त्यस्तै पदेन सदस्यहरू, जिल्ला समन्वय समित, भीमेश्वर नगरपालिका, ३ नं. वडा अध्यक्ष, प्राध्यापक संघ अध्यक्ष, विद्यार्थी प्रतिनिधि र त्रिविवि प्रतिनिधि रहेका छन् ।
प्रकाशित मिति:
बुधबार, चैत १५, २०७९, १८:२४:००