दोलखाको उत्तरी उच्चहिमाली भेगमा फ्याउ मुसो (हिमालयन मार्मत) जीवको संख्यामा वृद्धि आएको छ । तीन हजार माथिको उचाईमा मात्र पाईने यस जीव पछिल्लो अवस्थामा ह्वात्तै बढेको विगु गाउँपालिका वडा नं. १ लाप्ची निवासी करा शेर्पाले बताउनु भयो ।
लाप्चीमा मात्र तीन हजार पाँच सयभन्दा बढी संख्यामा फ्याउ मुसो पाईन्छ । यस जीवले एकैपटक ४,५ वटा बच्चा जन्माउने भएकाले पनि संख्यामा वृद्धि आएको करा शेर्पाले बताउनु भयो । चीनसँग सिमाना जोडिएको क्षेत्रमा बढी मात्रमा यसको बसोबास रहने गर्दछ । लजालु जीवको रुपमा चिनिने फ्याउ मुसो ६ महिनासम्म सुत्ने गर्छ । कात्तिक महिनामा सुनसान वातावरण रहने भएकाले ओढारमा रातदिनै सुत्ने गर्छ । बैशाख, जेठ महिनामा गड्याङगुडुङ गर्दा यसको निद्र भंग हुने भएकाले उठ्ने गरेको शेर्पाले जानकारी दिनुभयो ।
चौरी, भेडासँगै हिड्ने र वस्तुले जस्तै घाँस खाने गर्छ । यसको बथाननै दैनिकजसो चौरीसँग घुलमिल हुने गर्छ । लजालु र हानीनोक्सानी नगर्ने भएकाले मान्छेले खासै यसलाई मार्ने, हिर्काउने गर्दैनन् । छिमेकी देश चीनमा यसको मासु खानाको लागि प्रयोग गरे तापनि नेपालमा भने कोही कसैले खाँदैनन् । यस जीव नेपाललगायत चीन, भारत र पाकिस्तानमा अत्याधिक रुपमा पाईन्छ । फ्याउ मुसोलाई मुसा प्रजातिको रुपमा पर्दछ । फ्याउ मुसो विशेष गरी चरणक्षेत्रमा बढी मात्रमा पाईने गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका सूचना अधिकारी तुलसी प्रसाद दाहालले बताउनु भयो ।
प्रकाशित मिति:
बुधबार, वैशाख २७, २०८०, ०९:१२:००