नेपाल प्रेस यूनियन दोलखाको अधिवेशनले गोरखापत्र दैनिकमा कार्यरत पत्रकार सुजन काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नवौ जिल्ला समितिको उपाध्यक्ष उपेन्द्र सुवेदी, महिला उपाध्यक्ष सुशिला कार्की, सचिव सुवास बस्नेत, सहसचिव खुला प्रेम तामाङ र कोषाध्यक्षमा कृष्णप्रसाद भण्डारी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा हरि खत्री, बाबुराम थापा, शिव सापकोटा, भीष्म खड्का, पर्शुराम जोशी र ईश्वर बल्लभ थापा चयन भएका छन् ।
नेपाल प्रेस युनियन दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् बागमति प्रदेश सभा सदस्य कुन्दनराज काफ्ले, कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव लालकुमार मोक्तान, केन्द्रीय प्रतिनिधि रमेश ढुङ्गेल, नेपाल पत्रकार महासंघ दोलखाका सचिव दिल बहादुर केसी, नेपाल प्रेस युनियनका बागमति प्रदेश सचिव राजन बस्नेत, ट्रेड युनियन कांग्रेस दोलखाका अध्यक्ष शम्भु गौतम र नेपाल प्रेस युनियन दोलखाका सचिव श्याम खतिवडाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रकाशित मिति:
आइतबार, वैशाख ३१, २०८०, ०८:०६:००