गौरीशंकर गाउँपालिका वडा नं. ९ का नागरिकलाई सेवा प्रवाहमा सहजता ल्याउन र पर्यटन प्रवद्र्धन गर्नको लागि सर्वपक्षीय छलफल भएको छ । गौरीशंकर गाउँपालिका वडा नं. ९ को आयोजनामा भएको छलफल कार्यक्रममा विभिन्न निकायका सरोकार व्यक्तिहरुको उपस्थिति रहेका थिए ।
छलफल कार्यक्रमले स्थानीय नागरिकलाई सहज तरिकाले सेवा सुविधा कसरी दिन सकिन्छ र स्थानीय सरकारको महशुस दिलाउने खालको कार्य गर्नको लागि छलफलले निष्कर्ष निकालिएको वडा नं. ९ का वडाअध्यक्ष ङिमागेली शेर्पाले बताउनु भयो । छलफल कार्यक्रमले वन तथा वातावरण सरसफाई, आन्तरिक तथा बाह्यपर्यटकलाई प्रवेश गर्दा चेकपोष्टमा नाम दर्ता गराउने, होटल व्यवस्थापन तथा पर्यटन वृद्धि गराउने, ठाउँठाउँमा होमस्टे सञ्चालन गर्ने, जडिबुटी संरक्षण तथा वृक्षरोपण अभियान तीव्र गतिमा सञ्चालन गर्ने, पर्यटन पदमार्ग हरुमा सहिन पोस्टिङ तथा सूचनापाटी होडिङबोर्डहरु राख्ने, सडक तथा पूर्वाधार कामहरू गर्दा कानुनसँग सम्बन्धित रहेर काम गर्ने निर्णय गरिएको वडाअध्यक्ष शेर्पाले बताउनु भयो ।
छलफल कार्यक्रममा रोल्वालिङ स्वास्थ्य चौकीका प्रतिनिधि, प्रहरी चौकीका प्रतिनिधि गेमराज सुनुवार, गौरीशंकर संरक्षण क्षेत्रका प्रतिनिधि अधिकृतका तुलसी प्रसाद दाहाल, गौरीशंकर संरक्षण क्षेत्र व्यवस्थापन समिति अध्यक्ष आङदोर्जी शेर्पा र बागपैले सल्लेरी दल्दोङ वन उपभोक्ता समितिका अध्यक्ष माङ बहादुर शेर्पाको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति:
आइतबार, वैशाख ३१, २०८०, ०८:३७:००